दफा ६
परिषद्को गठन
(१) सार्वजनिक सेवा प्रसारण संस्थाको नीति निर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नु पर्ने कार्यको लागि नीतिगत निर्देशन दिन एक परिषद्को गठन हुनेछ।
(२) परिषद्मा देहाय बमोजिमका सदस्यहरू रहने छन्:-
(क) मन्त्री वा राज्यमन्त्री, मन्त्रालय - अध्यक्ष
(ख) सचिव, मन्त्रालय - सदस्य
(ग) रेडियो-वा टेलिभिजनको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभवप्राप्त व्यक्तिमध्येबाट प्रत्येक प्रदेश र उल्लिखित क्षेत्रबाट विधागत रूपमा प्रतिनिधित्व हुने गरी परिषद्ले मनोनयन गरेको कम्तीमा तीनजना महिला सहित सातजना - सदस्य
(घ) दफा २१ बमोजिम गठन भएको श्रोता तथा दर्शक समूहबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ङ) अध्यक्ष, नेपाल पत्रकार महासंघ ८ - सदस्य
(च) मान्यताप्राप्त विश्वविद्यालयको पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(छ) अध्यक्ष - सदस्य-सचिव
(३) उपदफा (२): को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यको मनोनयन गर्दा-महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तीकृत, अपाङ्गता भएका. व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यबाट समावेशी सिद्धान्तका आधारमा गर्नु पर्नेछ।
(४). परिषद्को अध्यक्षले तोकेको मिति र समयमा परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्नेछ। त्यसरी बैठक बस्दा अघिल्लो बैठक बसेको मितिले छ महिनाभन्दा बढी नहुने/गरी अर्को बैठक बस्नु पर्नेछ।
(५) परिषद्को कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (ग) बमोजिमका: सदस्यको मनोनयन नभएसम्मको लागि परिषद्मा तत्काल कायम रहेका बहुमत सदस्य उपस्थित भएमा गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(७) परिषद्को बैठकमा बहुमतको राय परिषद्को निर्णय मानिनेछ र मत बराबर भएमा परिषद्को अध्यक्षले निर्णायक मत दिनेछ।
(८) परिषद्को बैठकमा आवश्यकता अनुसार विषयविज्ञ वा सरोकारवाला व्यक्तिलाई आमन्त्रण गर्न सकिनेछ।
(९) उपदफा (२) को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यको पदावधि चार वर्षको हुनेछ।
(१०) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैंले निर्धारण गरेबमोजिम हुनेछ ।